Al Salam - Nepali (अल् सलाम - नेपाली)
87 subscribers
134 photos
160 videos
47 files
27 links
‘अल सलाम इस्लामिक सेन्टर - दुबई’ द्वारा यस नेपाली च्यानल को उदेश्य सबैमा इस्लामिक मान्यतालाई फैलाउनु र धार्मिक जागरूकताको विकास गर्नु हो।
Download Telegram
अशूराको दिन

'अशूरा' को दिन (ईस्लामीक महिना मुहर्रमको १० तारिख) हो, यो त्यो दिन हो जब अल्लाहले मुसा (अलीस् सलाम) र उनलाई मान्ने मानिसहरूलाई फिरऊन र उसका सेनाबाट बचाएका थिए। यो त्यो दिन हो जुन दिन फिरऊन उसको सेनाको साथै अल्लाहको इच्छाले डुबेको थियो।

मुसा (अलीस् सलाम) यस दिन अल्लाहले यस दिनमा आफु र आफ्ना मान्ने वालाहरूलाई बचाएकोमा अल्लाह प्रति कृतज्ञता व्यक्त गर्न उपवास बस्ने गर्थे। यहूदीहरू र इसाईहरूले पनियस दिनलाई ठूलो सम्मानका साथ लिन्थे।

मुहम्मद (सल्लल्लाह अलईहे वस्ल्लम) ले जब यो तथ्यको बारेमा थाहा पाउनुभयो, उनी पनि यस दिन उपवास बस्न थाले। तर उनी (सल्लल्लाह अलईहे वस्ल्लम) ले भने कि आउँदो वर्षमा उनी ईस्लामीक महिनाको ९ औं र १० औं तारिखमा पनि उपवास बस्नेछन् र यहूदीहरू भन्दा भिन्न हुनेछन्।
तर रसूल अल्लाह (सल्लल्लाह अलईहे वस्ल्लम) को यस भन्दा अघि नै निधन भयो।

अशूरा' को दिन (ईस्लामीक महिना मुहर्रमको १० तारिख) को उपवास अघिल्लो आउने एक बर्षको पापहरुको लागि क्षमा हो।